११ भदौ, काडमाडौं । सब्सिच्युड खेलाडीहरु मार्कोस राशफोर्ड र मारोउनी फेलेनीले गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा लिसेस्टरलाई हराउँदै शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।
जोसे माउरिन्होको टोली युनाइटेडले लिसेस्टरलाई खेल सुरु भएदेखि नै निक्कै दवावमा राखेको थियो ।
दोस्रो हाफको सुरुमै रामेलु लुकाकुले पेनाल्टीमा गोल गर्न नसक्दा युनाइटेड अग्रता बनाउनबाट चुकेको थियो । त्यस्तै युनाइटेडका स्ट्राइकरहरुलाई लिसेस्टरको मजबुत रक्षापंक्ति तोड्न निक्कै कठिन भएको थियो ।
६७औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान छिरेको तीन मिनेट पछि हेनरिख खितार्यनको कर्नरमा मार्को राशफोर्डले गोलको खाता खोले ।
८२औं मिनेटमा फेलेनीले दोस्रो तथा निणर्ायक गोल गरे । लिंगार्डको प्रहार लिसेस्टरका गोलरक्षकले पञ्च गरेपछि रिबाउण्ड बललाई फेलेनीले सदुपयोग गरेका थिए ।
युनाइटेड, प्रिमियर लिगको सुरुवाती तीनै खेल जित्ने र एक गोल पनि नखाने एकमात्र टोली हो ।
पि्रमियर लिगमा शनिबार भएका अन्य खेलहरुमा म्यन्चेस्टर सिटीले बर्नमाउथमाथि दुई एक गोलको जित निकालेको छ । सिटीको जितमा ग्याब्रियल जेसस र रहिम स्टलिङले गोल गरेका थिए ।
१३औैं मिनेटमै ड्यानियलको गोलबाट अग्रता बनाएको घरेलु टोली बर्नमाउथले अग्रता धेरैबेर टिकाउन सकेन । २१औं मिनेटमै जेससले बराबरी गोल फर्काए । खेलको अन्तिम मिनेटमा स्टर्लिङले सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
गोल गरेपछि समर्थकसँग हुलदंगामा सहभागी भएको भन्दै रेफ्रीले उनलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाए । उनले यसअघि इन्ज्यूरी समयको तेस्रो मिनेटमा पनि पहेलो कार्ड पाएका थिए । सिटीको तीन खेलबाट ७ अंक भएको छ ।
प्रतिक्रिया 4