नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो चलचित्रको रोजाइमाथि कसैले औला उठाउन नसक्ने बताएकी छिन् । नयाँ चलचित्र ‘जेन्टलम्यान’को प्रचारका क्रममा रहेकी ज्याकलिनले आफ्नो करिअरमाथि कसैले टिप्पणी गर्न नसक्ने पनि बताएकी छिन् ।
३२ बर्षकी श्रीलंकाकी सुन्दरीले भनिन्–‘मलाई मेरो अभिनय प्रमाणित गर्नका लागि कुनै गम्भिर भूमिका गरिराख्न आवश्यक छैन ।’ नायिका अहिले ग्ल्यामर भूमिकामा काम गरिरहेकी छिन् ।
उनले अगाडि थपिन्–‘मलाइ धेरै मानिसले भन्छन्, तिमी ग्ल्यामर छौ यसैले यस्तै भूमिकामा काम गर्न आवश्यक छ ।’
उनले यो यात्रा आफ्नो भएको भन्दै कसैले आफ्नो करिअरमा टिप्पणी गर्न नमिल्ने बताइन् । कुनै स्टारको परिवारबाट आउँदैमा अगाडि बढ्न नसकिने भन्दै उनले मिडियासँग भनिन्–‘कडा मिहिनेतका कारण चलचित्र यात्रा सहज बन्छ ।’
नायक सलमान खानसँग चलचित्र ‘रेश ३’मा काम गर्न लागेकी ज्याकलिन उत्साहित छिन् ।
प्रतिक्रिया 4