Comments Add Comment

आर्थिक समाचार: पूरा भएनन् वैकल्पिक उर्जाका अधिकांश लक्ष्य


१२ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले बाढीपीडितलाई वितरण गर्न र बिक्रीका लागि राखेको साढे दुई करोड रुपैयाँ मूल्यको खाद्य वस्तु गुणस्तरहीन भेटिएको छ । उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने जिम्मेवारी पाएको संस्थानको थापाथली गोदाममा राखेको गेडागुडी (सिमी), फापरमा ढुंगा, माटो र बालुवा मिसिएको पाइएको हो ।

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटोलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

पुँजी वृद्धि गर्न बोनस र हकप्रदको प्रस्तावलाई पनि नागरिक दैनिकले लेखेको छ । त्यस्तै, बाढीपीडित किसानका लागि एक अर्ब २५ करोडको प्याकेज भन्ने खबरलाई नागरिकले छापेको छ ।

स्थानिय सहभागितामा आयोजना सहजीकरणलाई कारोबार दैनिकले लेखेको छ । वैकल्पिक उर्जाका अधिकांश लक्ष्य पूरा भएनन्लाई पनि कारोबारले लेखेको छ । वायुयान खोज तथा उद्धारमा विदेशी सिधै आउनसक्ने खबर कारोबारमा छापिएको छ ।

बाढीपीडित किसानका लागि सवा अर्ब राहत घोषणालाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । चमेलिया आयोजना एक महिनाअघि नै सम्पन्न हुने भन्ने खबर गोरखापत्रमा छापिएको छ ।

हुन्डी कारोबारीबिरुद्ध मुद्दा सन्दर्भमा ४ अर्ब १२ करोड बिगोलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । कृषिमा एक अर्बको राहत घोषणालाई पनि अन्नपूर्णले लेखेको छ । प्रतिसेयर आम्दानी घट्दा प्रतिफल असर भन्ने खबर अन्नपूर्ण पोष्टमा छापिएको छ ।

कृषियोग्य जमीन प्रकरण सन्दर्भमा खण्डीकरण रोक्न सरकारी रिटलाई अभियानले मुख्य समाचार बनाएको छ । बजेट घाटा डेढगुना बढ्योलाई पनि अभियानले लेखेको छ ।

कृषिमा ६ अर्ब क्षति, सवा अर्ब राहतलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । वायुयान र पार्टपुर्जा खरिदमा बाहिरियो साढे १७ अर्ब भन्ने खबर नयाँ पत्रिकामा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment