१२ भदौ, सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका–१ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले सैनिक जवान चौलागाईंको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जानकारी दिए ।
प्रहरी निरीक्षक ढुंगानाका अनुसार, चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4