Comments Add Comment

खाना खाने यस्तो शैलीः जसले पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ 


खाना कस्तो खाने भन्ने कुराले मात्र शारीरिक स्वस्थ्यको निर्धारण गर्दैन, कसरी खाने भन्ने कुरा समेत उत्तिकै महत्वपूर्ण हुन्छ । स्वस्थ्य रहन स्वस्थ्य र सन्तुलित खाना आवश्यक हुन्छ । खानामा फाइबर, प्रोटिन, क्याल्सियम आदि सबै पोषक तत्व सामेल हुनुपर्छ । तर यी पोषक तत्व ग्रहण गर्नका लागि खाने शैली पनि महत्वपूर्ण हुन्छ ।

हातले नै किन खाने ?

हामीकहाँ हातले खाना खाने प्रचलन छ । कतिपयले चम्चा वा काँटाको पनि प्रयोग गर्छन् । हातले विभिन्न काम गर्नुपर्ने भएकाले यो दुषित भइरहेको हुन्छ । हातमा विभिन्न व्याक्टेरिया हुने र खानासँगै त्यो हाम्रो शरीरमा प्रवेश गर्ने भय हुन्छ ।

यद्यपी सरसफाईमा ध्यान दिने हो भने, हातले खाना खानु राम्रो मानिन्छ ।

– एक अध्ययन अनुसार हातले खाना खाँदा ओभरडाइटिङबाट बच्न सकिन्छ । यसले मोटोपनको भय कम हुन्छ ।

– जब हामी हातले खाना सेवन गर्छौ, तब औंलाहरु आपसमा मिल्छ । यसले जुन मुद्रा बन्छ, त्यसको कारण शरीरमा विशेष रुपले उर्जा पैदा हुन्छ । यो स्वस्थ्य शरीरको लागि आवश्यक हुने बताइन्छ ।

– जब हामी हातले खाना खान्छौ, शरीरमा पञ्चतत्वको सन्तुलन सहि हुन्छ । जबकी चम्चाले खाँदा यस्तो प्रभाव रहँदैन ।

– हातले खानेकुरा सेवन गर्दा तातो वा चिसोको सन्तुलन मिलाइन्छ । किनभने हातको स्पर्शबाट खानेकुराको अवस्था थाहा हुन्छ ।

– हातले खाने समयमा यसको स्पर्शले मस्तिष्कलाई सचेत गराउँछ र मस्तिष्कले पहिला नै खाना पचाउनका लागि पेटमा संकेत दिन्छ ।

– आर्युवेदमा पनि हातले भोजन गर्नु स्वस्थ्यका लागि राम्रो मानिएको छ ।

खाना चपाएर खानुको फाइदा

– खाना खानु जति जरुरी हुन्छ, उत्तिनै ठीक ढंगले चपाएर खानु । राम्ररी चपाएर खाना सेवन गर्दा पाचन यन्त्रलाई कुनै बोझ हुँदैन ।

– जति धेरै चपाएर खाइन्छ, उत्तिनै पचाउन सहज हुन्छ ।

– राम्ररी चपाएर खानेकुरा खानुको फाइदा यो पनि हो कि, खानाको प्राकृतिक एवं असली स्वाद थाहा पाइन्छ ।

जमिनमा बसेर खानुको फाइदा

– हामी डाइनिङ टेबलमा बसेर खाना खान्छौ । यद्यपी स्वस्थ्यको हिसाबले पलेँटी कसेर खानु सहि मानिन्छ, किनभने यस्तो आसनमा बस्दा पेटमा भरपुर खाना जान पाउँदैन । यसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

– जमिनमा बसेर खानु भनेको एक किसिमको योगासन पनि हो । यो सुखासन एवं पद्यासन जस्तै हुन्छ, जो स्वस्थ्यका लागि राम्रो मानिन्छ ।

– जमिनमा  बसेर खानेकुरा सेवन गर्दा मेरुदण्डको हड्डीको तल्लो भागमा दवाव पर्छ, यसले गर्दा आरम महसुष हुन्छ । यसको कारण रक्तचाप पनि कम हुन्छ ।

– खाना सेवन गर्दा प्रशन्न हुनुपर्छ भनिन्छ । हरेक गाँसमा स्वाद लिँदै राम्ररी चपाएर खानुपर्छ । यसले गर्दा खानामा पाचन रस मिलेर पचाउनमा सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment