Comments Add Comment

दुगड फुड्समा प्रहरीको छापा, गोदाममा शिल

दुगड फुड्समा गत वर्ष नष्ट गरिएको अखाद्य फ्रुटी

१२ भदौ, काठमाडौं । अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको छ । महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन टोलीले सोमबार दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको छ ।

‘गोदाममा छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाम शिल गरेका छौं,’ महाशाखाका एसएसपी दिवेश लोहनीले अनलाइनखबरसँग भने ।

दुगड फुड्सको गोदाममा गत वर्ष पनि छापा मारेर दुई लाख प्याकेट  फ्रुटी नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment