+
+

प्रियंका, बर्षा र स्वस्तिमा, एक अर्काको बारेमा के सोच्छन् ?(भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १४:०१


नायिका प्रियंका कार्की अर्का दुइ उदाउँदा नायिकाहरु बर्षा राउत र स्वस्तिमा खड्कालाइ प्रतिभा भएका कलाकारको रुपमा लिन्छिन् । सोमबार आयोजना भएको चलचित्र ‘छक्का पन्जा २’को गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले दुइ नायिका निकै ट्यालेन्टेड रहेको भन्दै प्रशंसा गरिन् । कार्कीले यसो भनिरहँदा बर्षा मोबाइल चलाइरहेकी थिइन् भने स्वस्तिमा कुरा सुनिरहेकी थिइन् ।

‘छक्का पन्जा २’को कार्यक्रममा कसले के भने, भिडियो हेर्नुहोस्ः


नायिका कार्कीले निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला आफ्नो लागि परिवार नै भएको बताइन् । उनले ‘छक्का पन्जा’बाटबर्षालाइ र ‘छक्का पन्जा २’बाट स्वस्तिमालाइ यो टिममा वेलकम गरेको समेत भन्न भ्याइन् । यता, नायिका स्वस्तिमा खड्काले पनि प्रियंकाको प्रशंसा गर्दै उनीबाट धेरै कुरा सिक्नुपर्ने बताइन् । यो टिमसँग काम गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको उनको भनाइ थियो ।

नायिका बर्षा राउतले भने ‘के भन्ने खै’ भन्दै ‘नाइलनको सारी जस्तै’ ‘तिमी यता किनारामा’ बोलको गीत विवादमा नआउने र धेरै राम्रा कमेन्ट पाउने अपेक्षा व्यक्त गरिन् । एउटै चलचित्रमा ३ नायिका हुँदा एक अर्कामा बोलचाल नै नभएको चर्चा पनि सुनिने गर्दछ । तर, असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’का तिन नायिकाले भने मुस्कानसहित तस्बिर खिचाए ।

कार्यक्रम सुरु हुनुभन्दा अगाडि बर्षा प्रियंकाको ओठमा लत्तपत्तिएको लिपिष्टिक मिलाउँदै थिइन् । चलचित्रको छायांकनका क्रममा पनि निकै रमाइलो गरेको तिन नायिकाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?