+
+

युएम बाईकको “खरिदमा छुट पक्का वम्परमा छुट्टि पक्का” योजना

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १६:१७


१३ भदौं, काठमाडौं । नेपालका लागी यु.एम बाईकको अधिकारिक विक्रेता आई. एम. ई अटोमोटिभस प्रालीले नजिकिदै गरेको चाडपर्वको अवसरमा “खरिदमा छुट पक्का वम्परमा छुट्टि पक्का” नामक योजना मध्यनजर गरि नेपाली बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत यु.एम. बाईकको कुनै पनि मोडेलको बाईक खरिदमा ग्राहकहरुल रु.१२ हजारसम्मको पक्का छुट र लक्की ड्र मार्फत छनौट हुने एक भाग्यशालीले सिगांपुर टुर बम्पर उपहार प्राप्त गर्नेछ । यो योजनाको अवधि १३ भाद्रदेखि १३ कार्तिकसम्म रहेको छ ।

त्यस्तै, भदौं १३ देखि भदौं १८ सम्म हुने नाडा अटो शोमा युएम बाइकको पनि स्टल रहेको छ । नाडा अटो शोमा रहेको स्टल नं जे १२ मा पुगेर पनि ग्राहकहरुले यु.एम. बाईक र आईएमई अटोमोटिभस प्रा.ली को बारेमा सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

आईएमई अटोमोटिभस प्रालीले नाचघर, जमल, काठमाडौंमा रहेको शोरुमबाट आफ्नो सम्पुर्ण कार्य सञ्चालन गर्दै आएको छ । साथै, यसको डिलरसिप नेटवर्क देशको विभिन्न ठुला सहरहरुमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?