+
+

राजधानीमा पनि मनाइयो गौरा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १८:२२

१३ भदौ, काठमाडौं । सुदूरपश्चिमबासीहरुले आफ्नो सबैभन्दा ठूलो पर्व गौरा पर्व मंगलबार हर्षोउल्लासका साथ मनाएका छन् ।

गौराको अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीहरुले पनि सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम गरी देउडा खेलेर गौरा मनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थितीमा काठमाडौंमा बस्ने सुदूरपश्चिमेलीले मंगलबार टुँडिखेलमा देउडा मनाए ।

देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ ।

गौरा पर्वलाई खासगरी डोटी, डडेल्धुरा, दार्चुला र बैतडीवासीहरुले दशैंभन्दा पनि महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्छन् । कार्यक्रममा राजनीतिक दलहरु नेताहरुको पनि सहभागिता थियो ।

आफन्तजनको दिर्घायूको कामना गर्दै देउडा पर्व मनाउने गरिएको कार्यक्रममा सहभागी भएकाहरुले बताए । उनीहरुले गौरा हर्षको पर्व भएकाले गौरादेवीको पूजाआजा गर्नाले दुःखबाट मुक्ति पाउने बताए ।

भाद्र कृष्ण पञ्चमीको दिन सुरु भएको गौरा पर्वमा अष्टमीको दिने विवाहित महिलाहरुले ब्रत बसेर गौरा देवीको पूजाआजा गर्ने चलन छ ।

प्राचिन हैहृयवंशी राजामध्येका सहस्त्रार्जुनले आफ्नो धन फिर्ता माग्नेक्रममा भृगीवंशी ब्राम्हणलाई मारिदिएपछि विधवा भएका ब्राम्हणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहर रही गरेको उपासनास्वरुप एक ब्राम्हिणीले तेजिलो पुत्रलाभ गरेको र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुनले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?