Comments Add Comment

अखिल क्रान्तिकारीका उम्मेदवार उपमेयरदेखि उपराष्ट्रपति पुत्रसम्म

उपाध्यक्षमा ३५, महासचिवमा ५ र सचिवमा ११९ जनाको उम्मेदवारी !

कविता ढुंगाना र दिपेश पुन

१३ भदौ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक भएको छ । माओवादीकै इतिहासमा पहिलोपटक अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनमार्फत् चयन गरिँदैछ ।

चुनावबाट चुनिने ३१ सदस्यीय पदाधिकारीको लागि २०२ जनाको उम्मेदवारी परेको छ । ३३ सदस्यीय पदाधिकारीमा ३१ जना निर्वाचनबाट चुनिन्छन् भने एक उपाध्यक्ष र एक उपमहासचिव मनोनित गरिन्छ ।

अध्यक्ष पदमा अनिल शर्मा, मदन अर्याल र रञ्जित तामाङको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा ३५ र उपमहासचिवमा ३२ जनाको उम्मेदवारी

उपाध्यक्षको उम्मेदवारहरुमा अमरदिप पराजुली, दिपक देवकोटा, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दिपेश पुन, पुरन केसी, अमिताभ बच्चन दास, खुसीराम चौधरीसहित ३५ जना छन् ।

दिपेश उपराष्ट्रपति नन्दबहादुर पुनको कान्छो छोरा हुन् । विद्यार्थी राजनीतिसँगै समाजसेवामा पनि उनी सकृय छन् ।

महासचिव पदमा उत्तम कुमार अधिकारी, खेमबहादुर सिंह, राजेश्वरी सुवेदी, विष्णु भट्टराई र सुरेशबाबु शर्मा कँडेल चुनावी मैदानमा छन् ।

उपमहासचिव पदमा कविता ढुंगाना पनि चुनाव लडेकी छन् । उनी नुवाकोटको बेलकोटगढी नगरपालिकाको उपमेयर हुन् ।

उपमहासचिव पदमा ढुंगानासँगै तुकमान महरा, निराजन ओझा, शंकर पौडेल, सुशील खनाल, मिलन कुमार बास्तोला, गणेशप्रसाद मैनालीसहित ३२ जना छन् ।

कोषाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । अर्जुनबहादुर थापा, केशव रावल, सागर कुमार चौधरी, यादव प्रसाद गजुरेल, देवबहादुर बोहोरा, नवराज ऐर, अर्जुन लुइँटेल र देव नारायण प्रमाणी कोषाध्यक्षका उम्मेदवार हुन् ।

सचिव पदमा बसन्ता भण्डारी, विष्णु महतसहित ११९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारहरुको यो प्रारम्भिक सूची हो । यसमा अब दाबी विरोध, दावी विरोधमाथि छानबिन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । साँझ ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुने निर्वाचन समिति संयोजक रमेश मल्लले जानकारी दिए ।

हेर्नुहोस् केही उम्मेदवारहरुको प्रारम्भिक सूची 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment