Comments Add Comment

डाटसन रेडी-गो १.० नेपालमा


१४ भदौ, काठमाडौं । डाटसन गाडीको नेपालको लागि आधिकृत विक्रेता पायोनियर मोटोकर्प प्रालिले डाटसन रेडी-गो १.० लिटर कार नेपालमा सार्वजनिक गरेको छ । या नयाँ कार मोडेलमा आईएसएटी इन्जिन राखिएको छ, जसले गर्दा ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ ।

मुख्यतयाः डाट्सन रेडी गो मा इन्टालिजेन्ट स्मार्ट अटो टेक्नोलोजीको न्यून इन्धन संञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन छ । यसमा फाइभ स्पिड म्यानुअल ट्रन्समिसन छ, जसले ड्राइभिङ्ग अनुभवलाई थप रोमान्चक बनाउँछ ।

नयाा रेडी गो दुई वटा भेरियन्टमा उपलब्ध छ । यी मोडेलमा नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ्ग, एसीका साथ उपलब्ध छन् । यो कार सिल्भर, ग्रे, रुवी, लाइम र व्हाईट रङमाउ पलब्ध छन् ।

रेडी गो १ं० टी (ओ) को मूल्य १९ लाख ७५ हजार र गो एसको २० लाख २५हजार रुपैयााँ छ । पायोनियर मोटोकर्पले एकदमै आकर्षक डाटसनको दशैं मय योजना पनि सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत डाट्सनको गाडीको खरिदमा ग्राहकहरुले २लाख २५ हजारसम्मको नगद छुट, १ वर्षको निःशुल्क बीमा, एक्सचेन्ज सुविधा, १ लाख ३८ हजार ७ सय रुपैयाँसम्मको निशुल्क एक्सेसरिज तथा स्क्रयाच कार्ड मार्फत ५० हजारसम्मको नगद छुट र बम्पर उपहार मा डाटसन रेडी गो कार जित्ने मौका पाउने छन् । यसका साथै निःशुल्क सडक कर, ३ वर्षको वारेन्टी र ३ वर्ष निःशुल्क सर्भिसिङ्ग उपलब्ध छन् ।

पायोनियर मोटो कर्पले डाटसेन का कारहरु हाल १३ वटा डिलरहरु मार्फत नेपाल भरी विक्री तथा सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment