+
+

फुटबल नायक नवयुग श्रेष्ठ बने वृज सिमेन्टको ब्राण्ड एम्बेसडर

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १९:०४

१४ भदौ, काठमाडौं । केडिया अर्गनाइजेसनको उत्पादन बृज सिमेन्टले नेपालका युवा फुटवल खेलाडी नवयुग श्रेष्ठलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाली फुटबलका नायक, नेपाली सेनाबाट व्यवसायिक फुटबल खेल्ने नेपालका महत्वपूर्ण राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ पछिल्ला बर्षहरुमा निकै लोकपि्रय रहेका छन् ।

उनले एकै वर्ष ३ वटा अन्तर्राष्ट्रिय पदकहरु- बंगबन्धु कप, साग च्याम्पियनसिप कप र सोलिडारिटी कप बाट नेपाललाई जिताउन सफल भएका थिए ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाले बुधबार नवयुग श्रेष्ठलाई एक समारोहका बीच कदरपत्र र ट्रफी सहित सम्मान गरे ।

वृज सिमेन्ट देशलाई विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तित्वहरुलाई समय समयमा सम्मान तथा आवश्यकता अनुसार हातेमालो गर्दै विभिन्न मानवीय, प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको सन्दर्भमा नवयुग श्रेष्ठको कार्य तथा योगदान प्रति उत्साहित भई उनको आकांक्षालाई साकार पार्न हातेमाले गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?