+
+

नेपाल-भारत सीमा कार्यदलको बैठक सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १९:५९

१४ भदौ, काठमाडौं । नेपाल-भारत सीमा कार्यदलको चौथो बैठक बुधबार भारतको देहरादुनमा सम्पन्न भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावाको विज्ञप्तिअनुसार यस क्रममा दुई पक्षबीचको सहमतिमा हस्ताक्षरसमेत भएको छ । बैठकमा तीन वर्षयता सीमासम्बन्धि स्थलगत कामको प्रगतिको समीक्षा गरिएको थियो ।

यसबीचमा सीमास्तम्भहरुको निर्माण, जिर्णोद्धार र मर्मत गरिएको थियो । यस्तै, नो मेन्स ल्यान्डको ”क्लियरेन्स’ र जीपीएसबाट अनुगमन गरिएको थियो ।

बैठकमा सीमासम्बन्धी स्थलगत कामलाई निरन्तरता दिने सहमति पनि जुटेको छ, जुन आगामी पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । स्थलगत अनुगमनलाई निरन्तरता दिन एक संयुक्त टोली परिचालन गर्ने सहमति पनि बैठकमा भएको छ ।

आगामी १ नोभेम्बरदेखि अर्को चरणको फिल्ड अनुगमन सुरु गरिने भएको छ ।

नेपाली टोलीको नेतृत्व नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्ट र भारतीय टोलीको नेतृत्व सर्भेयर मेजर जनरल भीपी श्रीवास्तवले गरेका थिए । आगामी बैठक अगस्ट २०१८ मा काठमाडौंमा हुने भएको छ । जुन, अर्को चरणको स्थलगत काम सकिएपछि हुने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?