Comments Add Comment

चिनियाँ विकास अब सुपरसोनिक युगतिर

प्रतिघण्टा चार हजार किलोमिटरको यातायात प्रणाली विकास गर्ने लक्ष्य

१५ भदौ, बेइजिङ । चीनले छोटो समयमा गरेको विकासबाट संसार नै अचम्मित छ । आगामी दिनमा विकासको नयाँ युग भित्र्याउने तयारीमा लागेको छ, विश्वको दोस्रो ठूलो आर्थिक शक्ति ।

विकासको नयाँ चरणलाई नाम दिइएको छ, सुपरसोनिक हाइपर-फ्लाइट यातायात सञ्जाल । प्रतिघण्टा चार हजार किलोमिटर गतिको रेल सेवामार्फत् तीव्र गतिका विमानहरुलाई पनि माथ खुवाउने योजनामा छन्, चिनियाँ प्राविधिकहरु । रेलको उक्त गति विमानहरुको भन्दा पाँच गुणा बढी हुने छ ।

हुबेइ प्रान्तको वुहानमा हालै सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय व्यावसायिक एरोस्पेस मञ्चमा चीनको एरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कर्पोरेसनले उक्त योजना घोषणा गरेको हो । सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार उक्त सञ्जाल चीनको नयाँ ‘सिग्नेचर’ परियोजना हुनेछ, जसमा एरोस्पेसका साथमा तीव्र गतिको रेल र आणविक ऊर्जा पनि समेटिने छन् ।

अमेरिकी कम्पनीहरु एचटीटी र हाइपरलुपलगायत संसारका थोरै कम्पनीले मात्र प्रतिघण्टा एक हजार किमिभन्दा बढी गतिको यातायात प्रणाली विकास गर्ने प्रयास गरिरहेका छन् ।

‘हाइपुर-फ्लाइट नयाँ क्षेत्र हो । यसका लागि कुनै उद्योगको मापदण्ड तोकिएको छैन,’ उक्त परियोजनाका प्राविधिक निर्देशक माओ काईले चाइना न्युजसँग भने, ‘उक्त गतिबाट यात्रीको स्वास्थ्यमा कुनै नकारात्मक असर पुग्ने छैन ।’

विज्ञहरुका अनुसार नयाँ यातायात प्रणाली मौसमी अवरोधबाट मुक्त रहनेछ । र, खनिज इन्धनको पनि व्यय गर्ने छैन । शहरी भूमिगत यातायात प्रणालीमा पनि उपयोग गर्न सकिनेछ । कमजोर वातावरणीय शुन्यता प्रतिरोध गर्न सक्छ । र, पराध्वनिक -सुपरसोनिक) ढाँचाको हुनेछ । चुम्बकीय विधिमार्फत् घर्षण पनि कम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment