+
+

अख्तियार दुरुपयोगमा प्रदेश ६ः सुर्खेत सबैभन्दाअगाडि, सल्यानको उजुरी कम

उजुरीमाथि अनुसन्धान थाल्दै अख्तियार

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ भदौ १६ गते ७:४४


१६ भदौ, रुकुम । सुर्खेत अख्तियार दुरुपयोगका घटना बढेकाे भन्दै अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी परेको छ । ६ प्रदेशका १० जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा धेरै उजुरी परेका हुन् । अख्तियार दुरुपयोगका सबैभन्दा कम उजुरी सल्यानबाट परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सुर्खेतका ६२ वटा उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै, सल्यानका ८ वटा उजुरीमा अनुसन्धान भइरहको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय सुर्खेतका रविलाल प्रमुख पन्थले जानकारी दिए ।

आयोगको कार्यक्षेत्रभित्र परेका ६ नम्बर प्रदेशका १० वटा जिल्लाहरुमा कालिकोटका ५५, दैलेखका ४७, जाजरकोटका ४५, हुम्लाका २५, डोल्पाका १८, जुम्लाका १६ र मुगुका १४ वटा भ्रष्टाचारसम्बन्धीका उजुरीमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

परेका उजुरीमध्ये शिक्षासम्बन्धी सबैभन्दा बढी ९३ वटा र उद्योगसम्बन्धीे एउटा रहेको पन्थले वताए ।

रुकुममा साउनमा मात्रै ८ उजुरी

रुकुमबाट साउन महिनामा मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा ८ ओटा उजुरी परेका छन् ।

कार्यालयले रुकुम सदरमुकाम मुसिकोटमा बिहीबार गरेको अन्तरक्रियामा परेका उजुरीमाथि अनुसन्धान जारी रहेको जानकारी दिइएको हो ।

रुकुमबाट उजुरी परी अघिल्लो आर्थिक वर्षबाट जिम्वेवारी सरेर आएका अन्य १० उजुरी पनि अनुसन्धानमा रहेको कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए ।

यही अनुपातमा उजुरी पर्नेक्रम जारी रहेमा यो वर्ष अघिल्लो वर्षको तुलनामा उजुरी बढ्ने उनको अनुमान छ ।

गत आर्थिक वर्ष २०७३/०७४ मा रुकुमबाट ४० ओटा उजुरी परेका थिए । जसमध्ये ३० उजुरी फछ्र्यौट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?