Comments Add Comment

चुरे दोहन रोक्न पूर्वराष्ट्रपतिले गराए सरकारको ध्यानाकर्षण

१६ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवले चुरे क्षेत्र दोहन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डा. बलराम जोशी ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले चुरे क्षेत्रको दोहन रोक्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

पूर्व राष्ट्रपति यादवले तराईका बाढी र डुबान पीडितलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

उनले बाढी र डुबानबाट तराईमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै राहत दिने काममा सहयोग गर्न सबै संघ, संस्थाहरुसँग पनि आग्रह गरे ।

सोही कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सबै दलहरु संविधान कार्यान्वयनमा केन्दि्रत भएकोमा खुसीसमेत व्यक्त गरेका छन् ।

सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति, स्थिरता र विकासको क्रम सुरु हुने आशा जनतामा पलाएको भन्दै पूर्व राष्ट्रपति यादवले खुसी व्यक्त गरेका हुन् ।

उनले परिवर्तनलाई संस्थागत गर्न पनि सबै राजनीतिक दलहरुलाई हातेमालो गरेर अघि बढन आहृवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment