Comments Add Comment

मोहनी लगाउने मुस्ताङको मुहार !

१७ भदौ, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने गरेका छन् । जब कि मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो ।

मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो । मुस्ताङ धार्मिक पर्यटकहरुको साथै भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ ।

मुक्तिनाथसम्म सवारी साधनमा पुग्न सहज भएकाले पनि आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्न गएको हो ।

तर, चौडा पार्नका लागि खनिएको बाटो लामो समयसम्म पनि नबन्दा पर्यटकले सास्ती भोग्नु परिरहेको छ ।

कागवेनीदेखि मुक्तिनाथसम्म पक्की छ भने बाँकी बाटो कच्ची रहेका कारण यात्रुहरुलाई समस्या हुने गरेको छ । मुस्ताङको यो बाटो जतिसक्दो चाँडो पुनर्निर्माण सम्पन्न हुन्छ, त्यसबाट पर्यटकहरुको आगमन स्वतः वृद्धि हुन्छ ।

स्थानीयवासीसँग हातेमालो गर्छौं
दीपकराज जोशी, पर्यटन बोर्डका सीईओ

मुस्ताङमा यो मेरो पाचौं पटकको यात्रा हो । जहिले पुगे पनि नौलो अनुभूति हुने गर्छ मलाई । म पहिलोपटक पुगेको मुस्ताङ र अहिलेको मुस्ताङमा धेरै फरक आइसकेको छ । पहिलोपटक पुग्दा आन्तरिक पर्यटकको भन्दा बाह्य पर्यटकहरुको चाप बढी थियो । तर, अहिले त्यस्तो छैन । आन्तरिक र बाह्य दुबैखाले पर्यटक सरावरी देखिन्छन् । प्राकृतिक सुन्दरताले विश्वमाझ मुस्ताङलाई चिनाएको छ । तर, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि मुस्ताङ धनी छ ।

मुस्ताङको ठिनी भन्ने स्थान थकालीहरुको उद्गमस्थल मानिन्छ । भर्खरै ठिनीमा होम स्टे सञ्चालनमा आएको छ । ठिनी जोमसोम बजारदेखि साढे २ किलोमिटर मात्र टाढा पर्छ । ठिनीमा एक सय घरमध्ये अहिले पाँच वटा घरमा होम स्टे सञ्चालित छन् ।

मुस्ताङको व्यापक प्रचारप्रसार गर्न सके विदेशी पर्यटकको आगमन ह्वात्तै बढ्ने छ । यसका लागि नेपाल पर्यटन बोर्डले स्थानीयहरुसँग हातेमालो गर्न लागिरहेको छ । जसको पछिल्लो उदाहरण होे, ठिनीमा ‘होम स्टे’ सञ्चालनमा आउनु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment