+
+

मलाई मार्न नेपालबाट ‘सार्पसुटर’ ल्याइएको छः विनय गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १८ गते २१:०१


१८ भदौ, काठमाडौं । गोर्खा जनमुक्ति मोर्चाबाट निस्कासित घोषणा गरिएका विनय गुरुङले आफूलाई मार्न नेपालबाट ‘सार्पसुटर’ ल्याएको दाबी गरेका छन् ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले तामाङ र अनित थापालाई दलबाट निकालिएको घोषणा गरेका थिए ।

तर, तामाङले स्वीकार गरेका छैनन् । उनले दिल्लीस्थित केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेख्दै आफू मोर्चाको आन्दोलनको संयोजक रहेको र पहाडको वर्तमान समस्याबारे निर्णय लिने अधिकार आफूसँग भएको दाबी गरेका छन् ।

उनले पत्रमा भनेका छन्, ‘पहाडको समस्यालाई लिएर राज्य सरकारसँग वार्ताको सुरुवात भइसकेकेा छ । यसैले आगामी दिनमा कुनै पनि विषयमा वार्ता गर्न म अधिकृत छु ।’

विनय तामाङले केन्द्र सरकारसँग वार्ता गर्न आफ्नो नेतृत्वमा एक टोली दिल्ली जाने तयारीमा रहेको बताए ।

दार्जीलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन गर्दै उनले ९३ सदस्यीय केन्द्रीय समितिका ६ जना बसेर गरेको निर्णय मान्य नहुने बताए । आफू अहिले गोजमुमोमा रहेको भन्दै उनले भने, ‘अहिले पनि म गोजमुमो केन्द्रीय समितिको मुख्य समन्वयक हुँ ।’

उनले आफूलाई ज्यानको खतरा रहेको बताएको खबर म्यागाजिनले जनाएको छ ।

आफूलाई मार्न नेपालबाट सार्पसुटर ल्याएको दाबी गर्दै उनले यही कारण घरमा पुलिसले सुरक्षा दिएको बताए ।

उनले आफू र विमल गुरुङबीच फाटो ल्याउन महासचिव रोशन गिरीले षड्यन्त्र गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?