Comments Add Comment

पीएसजी जाने नेइमारको निर्णय सहीः पेले


१९ भदौ, काठमाडौं । ब्राजिलका जेलेन्ड पेलेले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने नेइमारको निर्णय सही भएको बताएका छन् ।

ब्राजिलियन फवार्ड नेयमार सिजनको सुरुवातमा कीर्तिमानी मूल्यमा पीएसजी गएका छन् ।

ब्राजिलको अहिलेको उत्कृष्ट खेलाडी नेइमार भएको भन्दै लेजेन्ड पेलेले एक अन्तरवार्तामा भनेका छन्, ‘मलाई लाग्छ उनका लागि यो ट्रान्सफर उपयुक्त छ किनकी बार्सिलोनामा मेस्सीसँग ठूलो प्रतिस्पर्धा थियो ।’

उनका अनुसार अब नेइमारले आफ्नो क्षमता देखाउनु मौका पाएका छन् । तर, असफल भएमा बार्सिलोना छाड्ने कदम घातक हुन सक्ने उनले बताए ।

रिभाल्डो, रोनाल्डो, रोनाल्डिन्हो र काकाले बालोन डि’ओर जिते, अब नेइमारले पनि जित्न सक्छन् भन्ने प्रश्नमा उनले भनेका छन्, ‘अवश्य पनि । नेइमारको खुट्टामा त्यो फुटबल छ, उन सबै उसलाई चाहिन्छ । हामीले हेर्नु पर्ने अर्को खेलाडी भनेको काउटिन्हो हो किनकी उनी टिमका लागि उत्कृष्ट छन् । यसमा कुनै सन्देह छैन कि नेइमार एक (उत्कृष्ट फुटबलर) हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment