Comments Add Comment

इरेक्टाइल डिसफङ्सन के हो ? यस्तो छ कारण र उपचार


भनिन्छ, दम्पतीबीचको सम्बन्धमा उनीहरुको यौन जीवनको अहंम हिस्सा हुन्छ । स्वस्थ्य र सक्रिय यौन जीवनले दम्पतीको सम्बन्धलाई प्रगाढ, सुमधुर बनाउँछ । तर कतिपय यस्ता कमजोरी हुन्छन्, जसले यौन जीवनलाई खल्लो बनाउँछ ।

इरेक्टाइल डिसफङ्सन अर्थात नपुंसकता यस्तै समस्या हो । यस्तोमा पुरुषले यौन सम्बन्ध बनाउन असमर्थ हुन्छन् । सोझै भन्दा, त्यस्ता पुरुष शारीरिक सम्बन्ध बनाउनमा असक्षम हुन्छन् । यो यस्तो जटिल समस्या हो, जसले दम्पतीको सम्बन्धमा संकट पैदा गर्छ ।

के हुन्छ लक्षण ?

१. धेरैले गुनासो समेत गर्छन्, आफ्नो लिंग उत्तेजित नभएको भन्दै । नपुंसकताको लक्षण यहि हो कि, लिंग सिथिल हुन्छ । अर्थात यौन सम्बन्धका लागि लिंग उत्तेजित हुँदैन ।

२. सिघ्र स्खलन वा यौन सम्पर्क अघि नै बिर्य स्खलन हुन्छ भने पनि त्यसले नपुंसकताको संकेत गर्छ ।

३. पर्याप्त उत्तेजना भएर पनि यौन सुख प्राप्त नहुन सक्छ, यो पनि नपुंसकताकै लक्षण हो ।

किन हुन्छ ?

वास्तवमा यौनजन्य समस्या मानसिक कारणले हुन्छ । यौन भौतिक क्रिया भएपनि त्यसमा मानसिक उपस्थिती आवश्यक हुन्छ । त्यसैले मानसिक समस्या एउटा यसको कारण हुनसक्छ । त्यसबाहेक अन्य समस्या, जसले नपुंसकता ल्याउन सक्छ ।

हृदय रोग

बद्लिदो जीवनशैलको कारण हृदय रोग आम समस्या भएको छ । यसले हाम्रो शारीरिक सम्बन्धलाई पनि खराब गर्छ । यसले इरेक्टाइल डिसफङ्सन आउन सक्छ ।

मधुमेह

केहि समयअघिसम्म मधुमेह ४० बर्षपछिका व्यक्तिहरुमा मात्र देखिन्थ्यो । अहिले किशोरवयमै यसले गाँज्न थालेको छ । यो रोग बढ्दै गएपछि इरेक्टाइल डिसफङ्सनको समस्या आउन सक्छ ।

हाइपरलिपिडिमिया

हाइपरलिपिडाइमिया एक बिमारी हो । यो रोग त्यहीबेला हुन्छ, जब आफ्नो रगतमा अधि बोसो जम्छ । अर्थात कोलोस्टोर र ट्राइग्लिसराइड्स हुन्छ । यस बिमारीले पनि इरेक्टाइल डिसफङ्सन आउन सक्छ ।

उच्च रक्तचाप

उच्च रक्तचाप यस्तो दीर्घ रोग हो, जसले हाम्रो यौन जीवनलाई समेत नराम्ररी प्रभावित बनाउन सक्छ । यसैको कारण इरेक्टाइल डिसफङ्सन हुनसक्छ ।

तनाव

तनावले यौन जीवनलाई सोझो प्रभाव पार्छ । अहिले हामी अनेकौ तनावबाट गुजि्रररहेका हुन्छौ । करियर, परिवार, स्वास्थ्य आदिलाई सन्तुलित राख्नुपर्ने दायित्वले पनि तनाव पैदा भइरहेको हुन्छ । यसले हाम्रो यौन जीवनमा आसर गर्छ ।

मोटोपन

मोटोपन शहरी जीवनको आम समस्या हुन थालेको छ । मोटोपनको कारण अनेकौ रोग पैदा हुनसक्छ । यसले इरेक्टाइल डिसफङ्सन जस्तो समस्या पनि पैदा गर्न सक्छ ।

धुमपान र मदिरा

धुमपान गरेको बेला केहि रसायन एवं पदार्थ शरीरमा पुग्छ, जो इरेक्टाइल डिसफङ्सनको कारण बन्न सक्छ । त्यस्तै मदिरा सेवन पनि यसको कारण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment