Comments Add Comment

ओलाङचुङगोला–चीन सडकः बाटो बन्यो, गाडी गुडेन

गाडी नहुँदा करोडौं लगानीको सडक प्रयोगविहीन

२० भदौ, ताप्लेजुङ । ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाबाट चीनको तिब्बतसम्म सडक जोडिए पनि प्रयोगविहीन छ । करोडौं लगानीमा सडक निर्माण गरिए पनि सवारीसाधन त्यहाँसम्म पुर्‍याउन सकिएको छैन ।

नेपालतर्फबाट मेची राजमार्गसम्म सडक नजोडिएका कारण गाडी पुर्‍याउन नसकिएको हो । चीनबाट ल्याउने प्रक्रियाबारे जानकारी नहुँदा समस्या भएको ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले बताए ।

निर्माण सकिएपछि चीनको तिब्बतबाट साना सवारीसाधनमा सडक अवलोकनका लागि चिनियाँ अधिकारी ओलाङचुङगोलासम्म आएका थिए ।

सरोकारवाला निकायले चासो नदिँदा गाडी गुडाउने सपना पुरा नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

नेपालतर्फबाट तापेथोक हुँदै ओलाङचुङगोला जोड्न ३५ किलोमिटरभन्दा बढीमा ट्रयाक खुलेको छैन । उक्त ट्रयाक नखुलेसम्म गाडी पुर्‍याउन  सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment