Comments Add Comment

इस्मा गाउँपालिका मदिरा मुक्त हुँदै, २१० लिटर घरेलु मदिरा बरामद

२० भदौ, गुल्मी । घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिएको भन्दै गुल्मीमा मदिरा नियन्त्रण अभियान सुरु गरिएको छ ।

यहाँको इस्मा गाउँपालिकाले घरेलु मदिरा उत्पादन र बिक्री वितरणलाई प्रतिबन्द लगाउने निर्णय गरे अनुसार अभियान सुरु गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ४ का वडाअध्यक्ष गनुप्रसाद अधिकारी र इस्मा प्रहरी चौकीबाट खटिएको प्रहरीले विभिन्न दोहलीको छेडा बजार, आसपासका पसल र घरहरुमा छापा होको छ ।

पसल र घरहरुमा खानतलासी गर्दा २१० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ -कोदोको पास) र आठ लिटर तयार भएको मदिरा बरामद गरिएको प्रहरी हबल्दार खिमबहादुर विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment