+
+

नेशनल हाइड्रो ७ करोड नोक्सानमा, सञ्चित नोक्सान पुग्यो ३७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १८:४५


२० भदौ, काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी ७ करोड ३१ लाख  रुपैयाँ नोक्सानमा रहेको छ ।  परिस्कृत लेखा परिक्षण अघि ६ करोड १२ लाख नोक्सानमा रहेको कम्पनीको नोक्सानी केही बढेको हो ।

कम्पनीमा अहिले ३७ करोड ४२ लाख रुपैयाँ सञ्चित नोक्सान रहेको छ । विद्युत बिक्रीबाट भएको आम्दानी  घटेर १६ करोड पुगेको छ । त्यस्तै, विद्युत् बिक्रीको लागत ६० लाखले बढेर ५ करोड ६६ लाखमा पुगेकाे छ ।

व्याज खर्च र करअघि कम्पनी ४ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।  कम्पनीले ११ करोड ९२ लाख प्रोभिजनिङ गरेको छ ।

कम्पनीको चालु दायित्व घटाएपछि खुद चालु सम्पत्ती २ करोड ९५ लाख रहेको छ ।

हाल कम्पनी विरुद्ध प्रकाश रजौरे, दिपक कार्की, लेखबहादुर शाही, रामबहादुर तामाङ, निर्मल प्रधानले उच्च अदालतमा मुद्धा दायर गरेका छन् । कम्पनीले पनि रामबहादुर तामाङलाई विपक्षी बनाएर मुद्धा दायर गरेको छ । यता, कम्पनीको हातमा सुनकोशी हाइड्रोपावरले प्रवद्र्धन गरेको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजना आइसकेको छैन् ।

कम्पनीले लगानीकर्ताको सुरक्षाको लागि भन्दै बिकास गरिरहेको नयाँ आयोजना लोवर इखुवा हाइड्रो पावरको क्षमता १० मेगावाटबाट बढाएर १४.१५ मेगावाट हुने गरेर पिपिए अगाडी बढाइएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?