+

१० कारण, जसले निम्त्याउँछ मोटोपन

२०८० भदौ  १७ गते १३:१९ २०८० भदौ १७ गते १३:१९
१० कारण, जसले निम्त्याउँछ मोटोपन

मोटोपन अहिले धेरैको टाउको दुखाइको विषय बनिरहेको छ । मोटोपन नियन्त्रण गर्न जिम धाउने, विभिन्न प्रकारका डाइट प्लान गर्ने, सप्लिमेन्ट लिने, घरेलु उपचार विधि प्रयोग गर्ने धेरै मानिस देखिन्छन् । तर पनि उनीहरुले अपेक्षित नतिजा पाइरहेका हुँदैनन् ।

यसको एउटा प्रमुख कारण मोटोपनको कारण थाहा नपाई घटाउने उपाय खोज्न थाल्नु हो । किनकि एकै किसिमको सूत्र सबैलाई काम नगर्न सक्छ । यसलाई नियन्त्रण गर्न पहिला कारण जान्न आवश्यक छ ।

मोटोपनको कारण

वंशाणुगत

धेरै खाने, पिउने गर्दा मोटोपन बढ्छ भन्ने पक्कै होइन । मोटोपनको पछाडि अरु पनि धेरै कारण हुन सक्छन्, जसमध्ये वंशाणुगत पनि एक हो । बाबुआमा मोटोघाटो भएका बाबुआमाका सन्तानमा पनि मोटोपन बढ्न सक्ने सम्भावना बढ्छ । यसो भन्दैमा मोटोपन पूर्ण रूपमा पूर्वनिर्धारित छ भन्ने होइन । वंशाणुगत हुन सक्ने भए पनि मानिसको जीवनशैली कस्तो छ, त्यसमा मोटोपन निर्धारण हुन सक्छ ।

मेटाबोलिजमले कसरी काम गर्छ ? पाचनशक्ति कस्तो छ ? कति समयमा शरीरले खानालाई ऊर्जामा रूपान्तरण गर्न सक्षम हुन्छ ? यी सबै कुरा केही हदसम्म वंशाणुगत कारणमै भर पर्छन् । कतिपय यस्ता मानिस देख्न सकिन्छ, जो धेरै खाँदा पनि शरीर मोटो हुँदैन । यो उनीहरुको वंशाणुगत कारण हुन सक्छ । तर सबैमा यो लागू नहुन सक्छ ।

अत्यधिक खाने

हामीले खाने र पिउने चीजले शरीरलाई क्यालोरी प्राप्त हुन्छ । क्यालोरीबाट पाउने ऊर्जाले नै हामीले जुनसुकै शारीरिक क्रियाकलाप गर्न सक्छौं । तर कतिपय व्यक्ति फुर्सद हुनासाथ वा अफिसमा बसेर केही न केही खान्छन् । त्यस्तो अवस्थामा केही आफूले के खाइरहेको छु भन्ने हेक्का नहुन सक्छ । त्यसले शरीरमा क्यालोरी बढाइरहेको हुन्छ ।

आवश्यकताभन्दा बढी क्यालोरी भएमा शरीरलाई भार पर्छ र त्यो खर्च हुने अवस्था नहुँदा बोसो जम्मा भएर मोटोपन हुन्छ ।

बढ्दो उमेर

बढ्दो उमेरसँगै शरीरका अंगहरूले राम्रोसँग काम गर्दैन । जसकारण मोटोपन बढ्न सक्छ । उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिजम प्रतिक्रिया सुस्त हुँदै जाने हुँदा पाचन शक्ति कमजोर हुन थाल्ने र मांसपेशी पनि कमजोर हुन थाल्छ । जसकारण शरीरमा बोसो जम्मा भई मोटोपन हाबी हुन थाल्छ ।

निष्क्रियता

कम शारीरिक गतिविधि पनि मोटोपनको मुख्य कारण हो । खानाबाट प्राप्त क्यालोरी खर्च गर्न शारीरिक गतिविधि आवश्यक हुन्छ । टन्न खाने तर कुनै किसिमको शारीरिक गतिविधि वा व्यायाम भएन भने शरीरले खानाबाट प्राप्त क्यालोरी खपत गर्न सक्दैन र त्यो बोसोको रूपमा जम्मा हुन थाल्छ । मोटोपनलाई बढावा दिन्छ ।

निद्राको कमी

निद्रामा शरीरलाई आराम मिल्छ, जुन स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ । जब पूर्ण निद्रा लाग्दैन तब शरीरलाई पनि आराम मिल्दैन । जसले शरीरमा विभिन्न किसिमका समस्याहरु आउन थाल्छन् । मोटोपन पनि यी समस्यामध्ये एक हो । पर्याप्त निद्रा नपुग्दा पाचन शक्ति कमजोर हुन्छ, मेटाबोलिजम सुस्त हुन थाल्छ, मांसपेशीलाई आराम मिल्दैन र यसले भोक पनि बढाउँछ । यी सबै कारणले गर्दा विस्तारै मोटोपन बढ्न थाल्छ ।

धेरै तनाव लिने

धेरै तनाव लिनु पनि मोटोपनको एक कारण हो । तनावका कारण केही जति खाए पनि थाहा नपाउने र केही भने तनाव हुँदा जति खाए पनि थाहा नपाउने हुन सक्छन् । यस्तोमा अत्यधिक खाइरहँदा मोटोपन बढ्न सक्छ ।

खराब जीवनशैली

खराब जीवनशैली अर्थात् समयमै नखानु, समयमै नसुत्नु, व्यायाम नगर्नु, कम हिंड्नु, एकै ठाउँमा घण्टौंसम्म बस्नु, गलत उपभोग गर्नु पनि मोटोपनका कारण हुन् ।

गर्भावस्था

गर्भावस्थापछि कतिपय महिलाको तौल तीव्र रुपमा बढ्छ । यो केही हार्मोनल परिवर्तनको कारण हुन सक्छ । त्यसबेला शरीर कमजोर हुने हुँदा खानेकुरा धेरै मात्रामा खाने र शरीरले आराम पनि गर्नुपर्ने हुँदा मोटोपन बढ्छ ।

त्यस्तै, हाइपोथाइराइडिजमले शरीरको मेटाबोलिजम कम हुन्छ, जसले गर्दा तौल बढ्छ । यद्यपि, थाइराइडको समस्याले सधैं मोटोपन निम्त्याउँछ भन्ने होइन, तर केही प्रतिशत जिम्मेवार भने हुन सक्छ ।

औषधिको धेरै सेवन

औषधि धेरै खाँदा पनि मोटोपन बढ्छ । कतिपय रोग यस्ता हुन्छन्, जसमा औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । त्यसले मोटोपन बढाउन सक्छ ।

विशेषगरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले नियमित खानुपर्ने औषधिको कारण भोक बढी लाग्छ र कति खाइयो भन्ने हेक्का नहुन सक्छ ।

गलत खानपिन

फास्टफुड खानेकुरा, तेलमा तारेका खानेकुरा, मसलेदार खानेकुरा, मिठाई, प्याकेटबन्द खानेकुरा, मदिरा सेवन गर्ने बानीले मोटोपन तीव्र रुपमा बढाउँछ ।

(पेट तथा कलेजोरोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेल नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका कार्यकारी निदेशक समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. विधाननिधि पौडेल मोटोपन स्वास्थ्य
लेखक
प्रा. डा. विधाननिधि पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वस्थ जीवनका लागि किन महत्वपूर्ण छ सुत्ने सही तरिका ?

स्वस्थ जीवनका लागि किन महत्वपूर्ण छ सुत्ने सही तरिका ?

‘नेपाल फर्मा एक्स्पो २०२६’ सम्पन्न, १२ हजार बढीले गरे अवलोकन

‘नेपाल फर्मा एक्स्पो २०२६’ सम्पन्न, १२ हजार बढीले गरे अवलोकन

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना