+
+

एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् महासंघमा चार नेपाली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १५:०६

१७ भदौ, काठमाडौं । एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् महासंघमा चार नेपाली चयन भएका छन् ।

काठमाडौंमा भएको महासंघको अधिवेशनले नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको छ ।

शारीरिक सुगठन तथा फिटनेस् महासंघका सचिव दिनेश राजभण्डारीका अनुसार सवै निर्वाचित सदस्यहरुको कार्यावधी ४ वर्षको हुने छ ।

नेपालमा आयोजना भइरहेको एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको प्रतियोगिता भोलि सोमबार बिहान साढे ९  बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?