Comments Add Comment

एचआइभी संक्रमण रोक्न बैज्ञानिकहरुको नयाँ खोज

विश्वमा एचआईभी संक्रमितको संख्या तिब्र रुपमा बढ्दो छ । तर एचआईभी सम्बन्धी औषधी छैन । परिणामतः वर्षेनी लाखौ मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन् ।

नयाँ विधी विकास

यसकै प्रभावकारी उपचारको खोजमा लागेका अमेरिकाका वैज्ञानिकको समूहले एचआईभीको संक्रमण पत्ता लगाउन नयाँ विधी विकास गरेका छन् । अमेरिकाको नार्थवेस्टर्न विश्वविद्यालयका बैज्ञानिकद्वारा गरिएको उक्त अनुसन्धानले रोग पत्ता लगाउन तथा रोग लाग्न नदिन उपाय विकास गर्न मद्दत पुग्ने आशा लिइएको छ ।

वैज्ञानिकका अनुसार यस विधी अन्र्तगत प्रत्येक विरियोन्स (संक्रामक कण) को संक्रमणसितको सम्बन्ध बुझ्नका लागि उसको व्यवहारको परीक्षण गरिन्छ ।

अमेरिकाको नार्थवेस्टर्न विश्वविद्यालयका प्रमुख शोधकर्ता थोमस होपका अनुसार विरियोनका कारण नै ती कण संक्रमित हुन्छ भन्नु आफैमा महत्वपूर्ण छ ।

‘यसबाट हामीलाई यो सम्झन मद्दत पुग्छ कि कुनै पनि कणलाई संक्रमण गर्नका लागि विषाणुलाई के गर्नु पर्दछ । यसबाट हामीलाई कयौ नयाँ चीज पत्ता लाग्न सक्छ जस्तै कि कोशिकामा कुन समयमा संक्रमण भयो’ ।

विषाणुका बारेमा जति पत्ता लगाउन सक्यो भविष्यमा त्यसलाई रोक्न राम्रो सम्भावना बढेर जाने उनले बताए । साथै एचआईभीको प्रकि्रयाबारे बुझ्न तथा एचआईभीको बचाव तथा उपचारका लागि नयाँ तरीका विकास गर्नमा मद्दत मिल्नेछ ।

संक्रमणको समय एचआईभी भाइरस प्रतिरोधी कोशिकासँग मिल्छ र आफ्नो कैपसिडको कोशिका द्रब्यमा छोडिदिन्छ । त्यहाँबाट कैपसिड ‘अनकोटिङ्ग’ प्रकि्रयाद्धारा अलग हुन्छ । यस प्रकि्रया आएनए जीनोमबाट विषाणुजनित डीएनएको संकलनका लागि जरुरी हुन्छ र यस कोशिकाको सबै क्रियाप्रति आफ्नो अधिकार जमाउन थाल्छ ।

प्रोसिडिंङ्ग आफ द नेशनल एकेडेमी आफ साइन्सेज पत्रिकामा प्रकाशित यस अध्ययनमा अनुसन्धानकर्ताले नयाँ तरीकाको लाइव सेल ˆलोरोसेंट इमेजिङ्ग सिस्टम प्रयोग गरिएको थियो जसमा उनीहरुले पहिलो संक्रमित भएका प्रत्येक कणबारे जानकारी लिन सक्षम भएका थिए । उनीहरुलेे उक्त अनुसन्धान सही दिशामा चलिरहेको खण्डमा आगामी केही वर्ष भित्रमै केही राम्रो परिणाम प्राप्त हुने विश्वास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment