+
+

आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय

राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २२ गते ६:५३

२२ भदौ, काठमाडौं । गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो ।

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णग गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?