असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’का ३ मुख्य कलाकार तथा निर्माता दीपकराज गिरी, जीतु नेपाल र केदार घिमिरेलाइ अहिले भ्याइनभ्याइ छ । अनलाइनखबरका लागि ‘मस्ती टक’मा निकै रमाइलो कुराकानी गर्ने क्रममा विशेषगरि, जीतु र केदारले निकै हसाँए ।
दीपक, जीतु र केदारसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
चलचित्र ‘छक्का पन्जा’मा नायिका नम्रता सापकोटासँग प्रेम साट्ने क्रममा जीतुले अग्लो ठाउँबाट ढुंगा नै खसाएका थिए । यो विषयमा रमाइलो कुरा गर्दै केदारले भने–‘मेरो गाउँको काकाले मलाइ जितुलाइ एउटी केटी ल्याएर मेरो खेतमा नी मायाप्रेम गर्न लगाउनु न भन्दै हुनुहुन्थ्यो । उहाँलाइ पनि एउटा ढुंगाले निकै दुःख दिएको रहेछ ।’
यता, रमाइलो कुराकानीका क्रममा जीतुले पनि बाख्राको कान टोक्ने कुरा निकाले । जीतुका अनुसार यसपटक उनी चलचित्र ‘छक्का पन्जा २’मा पण्डितको भूमिकामा देखिएका छन् । आफूहरुको चुनौती नै ‘छक्का पन्जा’सँग भएको उनीहरुको भनाइ छ ।
निर्माता तथा कलाकार दीपकराज गिरीले पनि यसपटक चलचित्रले वैदेशिक रोजागरको कथा उठाएको बताए । ‘मस्ती टक’ गर्ने क्रममा दीपकले केदार घिमिरेको छायांकनको समयको रमाइलो कुरा पनि खुलाए । बिहान कसैलाइ नचिन्ने केदारले बेलुकी भने निकै हसाँउने गरेको उनको भनाइ थियो ।
केदार र जीतुले त दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाको झगडा आफूहरुलाइ मिलाउन निकै हम्मे हम्मे परेको समेत खुलाएका छन् । के तपाइहरु नायिका प्रियंका कार्कीलाइ आफ्नो जोडी बनाउन चाहनुहुन्न भन्ने प्रश्नमा यी दुइले दीपकले आफूहरुलाइ दिनै नमानेको भन्दै रमाइलो गरे ।
प्रतिक्रिया 4