Comments Add Comment

अब भुस्याहा कुकुरले गन्जी लगाएर चौकिदारी गर्ने

सडक तथा गल्लीहरुमा घुम्ने भुस्याहा कुकुरले निकै हैरान पार्छन् । यस्तै हैरानी पछिल्लो केही वर्षदेखि थाइल्याण्ड निवासीहरुले पनि ब्यहोरिरहेका थिए । तर थाईहरुले भुस्याहा कुकुरको त्यो समस्याबाट छुटकारा पाउने नयाँ तथा अनौठो उपाय निकालेका छन् । भुस्याहा कुकुरले अब कुनै तालिम बिना नै रातिमा सडकको चौकिदारीमा खटाइने भएको छ ।

थाइल्याण्डको एक विज्ञापन एजेन्सीले स्मार्ट गन्जीको विकाश गरेको छ जसले भुस्याहा कुकुरलाई चौकिदारमा परिणत गर्नेछ ।

त्यो स्मार्ट गञ्जीमा लुकेको क्यामरा हुनेछ । साथै गन्जीमा सेन्सर पनि हुनेछ जसले कुकुर भुकेसँगै लाइभ भिडियो स्टि्रम गर्नेछ र त्यसलाई कम्प्युटर वा मोबाइलमा हेर्न सकिनेछ । रातभरी चोक तथा सडकमै बरालिने भुस्याहा कुकुरहरुलाई अब सोही गञ्जी लगाइदिने योजना छ ।

यस्तो गञ्जी लगाएका भुस्याहा कुकुरहरु रातभर चोक चोक तथा सडक सडकमा भएपछि रातको समयमा हुने अपराधका घटनामा कमी आउने विश्वास गरिएको छ । आफ्नो नजिकै कुनै मानिस आएर आपराधिक घटना हुन थालेमा वा भएमा भुस्याहा कुकुर भुक्नेछ र यसरी भुक्दा त्यहाँको लाइभ दृश्य अफिसको कम्प्युटरसम्म वा सम्बन्धित मानिसको मोबाइलमा हेर्न सकिनेछ ।

यस्तो स्मार्ट गन्जी चेइल नामक कम्पनीले बनाएको हो, जुन सामसुङको भगिनी कम्पनी हो ।

भुस्याहा कुकुरहरुको अधिकारका लागि पैरवी गर्ने संस्था सोइ डग फाउन्डेसनले यस्तो सकारात्मक कामका लागि भुस्याहा कुकुरको उपयोग गर्ने योजनाको स्वागत गरेको छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment