Comments Add Comment

मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री पठाउन लागेको हो । उसले राज्यमन्त्री र सहायकमन्त्री पनि माग गरेको छ तर, देउवाले मानेका छैनन् ।

राप्रपा प्रजातान्त्रिकबाट बोहोरासँगै विक्रम पाण्डे र सुनिल थापा हुने पक्का भएको एक नेताले बताए  । बोहाराले विज्ञान, पाण्डेले वन र थापाले उद्योग मन्त्रालय पाउनेछन् ।

‘जुनसुकै बेला सपथ हुनसक्छ । तयार भएर बस्नू भन्ने खबर आएको छ,’ एक नेताले भने ।

प्रधानमन्त्रीको निजी सचिवालयले पनि मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएको छ । तर, समय तय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment