२६ भदौ, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराई मतदाता नामावली ताप्लेजुङमा सारेका छन् । अब उनी काठमाडौं छाडेर ताप्लेजुङबाट चुनाव लड्ने सम्भवना बढेको छ ।
सोमबार विहान आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो मताधिकार जिल्लाबाटै प्रयोग गरौं भनेर नाम सारेको बताए ।
उम्मेदवारीबारे सोधिएको प्रश्नमा भट्टराईले पार्टीले निर्णय गरे ताप्लेजुङबाटै चुनाव लड्ने संकेत गरे ।
एमाले सचिव भट्टराईले पहिलो र दोस्रो संविधानसभामा काठमाडौं ६ बाट चुनाव लडेका थिए ।
तर, दुबै पटक पराजित भए । पछिल्लो पटक उनलाई ताप्लेजुङबाटै चुनाव लड्न सुझाव समेत आएको थियो ।
एमाले सचिव भट्टराईले निर्वाचन क्षेत्र निर्धारण आयोग सत्तारूढ दलको प्रभावमा परेको दाबी गरे । यही कारण प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजनप्रति विभिन्न जिल्लामा असन्तुष्टि देखापरेको उनले बताए ।
पहाडी जिल्लामा एक सिट बनाउने र तराईमा बनाउने सत्तारुढ पार्टीको दबाव र प्रभावले काम गरेको बताए ।
एमालेको राम्रो प्रभाव भएको क्षेत्रमा थोरै र कम भएकोमा बढि क्षेत्र बनाउने खेल रचिएको उनको दाबी छ ।
प्रतिक्रिया 4