Comments Add Comment

जापानीज निर्देशकको ‘माइ लभ’, भूकम्पको कथा पर्दामा


चलचित्र ‘माइ लभ-प्रमिस फर काठमाण्डौ’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र मंसिर १५ गतेबाट नेपालभरका हलमा रिलिज हुने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो चलचित्रलाइ ‘शिरिषको फूल’का निर्देशक डाक्टर तोसिआकी इतोले निर्देशन गरेका हुन् । केही जापानीज र केही नेपाली कलाकारलाइ राखेर यो चलचित्र निर्माण गरिएको छ ।

बैशाख १२ गते गएको भूकम्पको सेरोफेरो र भूकम्पका बेलामा मानिसमा देखिएका संवेदना र मायालाइ यो चलचित्रले उठान गरेको छ । फिल्म क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युइची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी ंहि, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका निर्वाहा गरेका छन् ।

यो चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भीएफएक्स छ । भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुननिर्माणमा लाग्ने लाग्ने र आफ्नो नजिकका मानिसहरु भन्दा पनि समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषयमा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment