+
+

सिंहदरबारको कुर्सीका कारण राप्रपा प्रजातान्त्रिकमा विवाद

मन्त्री बनाउने निर्णय समावेशी नभएको भन्दै केही सांसद रिसाए

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १५:२३

२६ भदौ, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर नयाँ पार्टीका रुपमा अगाडि आएको राप्रपा प्रजातान्त्रिकभित्र मन्त्री पदको विषयलाई लिएर विवाद सुरु भएको छ ।

तीनजना मन्त्रीले सोमबार शीतल निवासमा सपथ खाइरहेका बेला मन्त्री बन्न नपाउने केही सांसदले चाहिँ राजीनामाको चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् ।

सरकारमा सहभागी भएसँगै राप्रपा प्रजातान्त्रिकमा असन्तुष्टि चुलिएको हो । रामकुमार सुब्बा, विराट विष्ट, वविता मोक्तान लावती लगायतका सांसदहरुले मन्त्रिपरिषद विस्तार समावेशी नभएको भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहोरा, विक्रम पाण्डे र सुनिल थापा मन्त्री भएका छन् भने रेशम लामा राज्यमन्त्री भएका छन् । उनीहरुले सोमबार सपथ लिएका छन् ।

तर, मन्त्री र राज्यमन्त्रीले सपथ लिन लाग्दा सोही पार्टीका अन्य सांसदहरुले पार्टीको निर्णय समावेशी नभएको र महिला नपरेको भन्दै विरोध गरे ।

‘भन्ने बेलामा राप्रपालाई समावेशी बनाउने भन्ने तर, बहुमत सांसद महिला हुँदा पनि एकजना पनि पारिएन’ सांसद वविता मोक्तान लावलीले अनलाइनखबरसँग भनिन्, यसमा हाम्रो असन्तुष्टि छ ।’

सांसद लावतीका अनुसार पार्टी नेतृत्वले अहिले छुटेकाहरुलाई अर्को सरकारमा समावेश गर्ने बचन दिएको छ । तर, असन्तुष्ट महिला सांसदहरुले चित्त बुझाएका छैनन् । उनीहरुले आवश्यक परे सांसद पदबाटै राजीनामा दिने चेतावनी दिएको एक सांसदले बताए ।

मन्त्री छनोटको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको अर्का नेता रामकुमार सुब्बाले पनि स्वीकार गरे । सुब्बाले अनलाइनखबरसँग भने- ‘समावेशी निर्णय हुन सकेन, त्यसैले असन्तुष्टि देखिनु स्वाभाविकै हो ।’

अब कार्यसम्पादन समितिले ठण्डा दिमागले सोचेर समस्या समाधान गर्नुपर्ने सुब्बाले बताए ।

मन्त्री छनोटको विषयलाई लिएर असन्तुष्ट रहेका सांसदहरुले राजीनामा दिने बताएकोतर्फ जिज्ञासा राख्दा राप्रपा प्रजातान्त्रिकका नेता सुब्बाले अनलाइनखबरसँग भने- ‘राजीनामा किन दिने ? मैले उहाँहरुलाई राजीनामा नदिनोस् भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?