+
+

नवराज सिलवालको मुद्दाको फैसला आज

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २७ गते ११:४७
नवराज सिलवाल

१५ भदौ,काठमाडौं । आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्बोच्च अदालतमा रिट दायर गरेका डीआईजी नवराज सिलवालको मुद्दामा आज फैसला आउने भएको छ ।

सर्बोच्च अदालतको वृहत पूर्ण इजलासले आइजिपी नियुक्ति प्रकरणमा निर्णय सुनाउन लागेको हो । अदालतले पहिलो पेशीनै सोही मुद्दाको निर्णय सुनुवाईलाई राखेको छ ।

वृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।

तत्कालीन प्रधानन्यायधीश सुशिला कार्की सहित सर्बोच्च अदालतका पाँच न्यायधीश सम्मिलित बृहद पूर्ण इजलासले दिएको परमादेश बिपरित सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो ।

त्यसपछि आइजीपीका प्रत्यासी डीआइजी नवराज सिलवालले २०७३ चैत्र ३० गते सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?