Comments Add Comment

उपसभामुखसँग २४ घण्टे स्पष्टीकरण माग

२७ भदौ, काठमाडौं । निर्वाचन आयोगले उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजन (एनटीभी)का कार्यकारी अध्यक्ष महेशराज दाहालसँग स्पष्टीकरण मागेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर व्यवस्थापिका संसद्का उपसभामुख यादव र एनटीभीका कार्यकारी अध्यक्ष दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।

आयोगले उपसभामुख यादवलाई प्रदेश नम्बर २ मा सन्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा आचारसंहिता विपरित भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ ।

यस्तै आयोगले एनटीभीका कार्यकारी अध्यक्ष दाहाललाई अाइतबार काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको प्रबक्ता नवराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment