Comments Add Comment

फ्रेस फेसः चलचित्रमा ग्ल्यामर, सेक्सी र क्यूट देखिन मन छः आरती (भिडियो)


यूरोपबाट ‘मार्केटिङ म्यानेजमेन्ट’मा स्नातक पढेर आएकी पोखराकी आरती थापाको चाहना सानैदेखि मोडलिङ क्षेत्रमा लाग्ने थियो । तर, पढ्ने क्रममा उनी यूरोप पुगिन् । तर, उनको सानैदेखिको रुचीले उनलाइ बारम्बार नेपालमा नै तानिरह्यो ।

नेपाल आएको केही महिनामै उनले आधा दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । म्यूजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा लागेर स्टार बन्ने सपना छ आरतीको ।

आरतीसँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः


आरती चलचित्रमा अभिनयसँगै रेष्टुरेन्ट व्यवसाय पनि गर्न चाहन्छिन् । चलचित्रसँगै रेष्टुरेन्टमा काम गर्दा आफूलाइ करिअर अगाडि बढाउन सजिलो हुने उनको भनाइ छ । आरतीका अनुसार म्यूजिक भिडियोमा काम गर्दा पनि निकै गाह्रो छ । काम गर्दा रमाइलो भएपनि गाह्रो भएको सुनाउने आरतीले अभिनय, डान्सको कोर्ष लिइरहेको बताइन् ।

नेपाली चलचित्रको विकास भएको बताउने आरती अहिले चलचित्रको बजेट, प्रविधी, पहिरनको शैली, लोकेशन सबै कुरामा परिवर्तन आएको बताउँछिन् । एउटा नायिका बन्न के चाहिन्छ होला, उनले भनिन्-‘भित्रदेखि नै इच्छा शक्ति हुन आवश्यक छ । आत्मनिर्भर, कामप्रतिको लगाव पनि आवश्यक छ ।’ आफूले सुन्दरता भन्दा पनि प्रतिभामा विश्वास गर्ने उनले सुनाइन् ।

तपाइ कती राम्री, यो प्रश्नमा उनले भनिन्-‘सयमा ७० प्रतिशत त राम्री छु ।’ आरती साम्राज्ञी स्टार भैसकेको बताइन् । उनले, नायक प्रदिप खड्का, पल शाह, पुष्पल खड्का, निराञ्जन प्रधान मनपर्ने बताइन् ।

आफूलाइ चलचित्रको अफर आउँदा प्रेम, विछोड, रमाइलो कथावस्तु भएको खण्डमा सजिलै स्विकार गर्ने पनि सुनाइन् । आफूलाइ दर्शकले एउटी साधारण तथा अभिनय गर्न सक्ने कलाकारको रुपमा चिनुन् भन्ने लाग्छ । रोल अनुसार आफू ग्ल्यामर, सेक्सी र क्यूट देखिन र यस्तो भूमिका गर्न सक्ने आरतीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment