+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जम्बो टोलीसहित ‘छक्का पन्जा २’को ‘कमेडी टुर’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १०:४०


बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । दशैंको सप्तमीबाट सोलो रिलिज हुन लागेको यो चलचित्रलाइ लिएर दर्शकमा उत्साह र कौतुहलता दुबै छ ।

चलचित्रको निर्माणपक्षल राजधानी केन्दि्रत प्रचारलाइ अब मोफसलमा पनि अगाडि बढाउन लागेको छ । दशैंको समयमा काठमाण्डौमा बस्ने जनताहरु घर र्फकने भएकाले पनि काठमाण्डौ बाहिर चलचित्रले आक्रामक व्यापार गर्ने पक्का छ ।

सोही कुरालाइ मध्यनजर राख्दै ‘एक्सप्रे कमेडी टुर’ आजबाट सुरु भएको छ । चलचित्रको जम्बो टोली आजबाट देशका मुख्य-मुख्य शहरमा पुग्नेछन् । आज ३ बजे दमकबाट यो टुरको सुरुवात हुँदैछ । दमकमा ३ बजे दर्शकसँग रमाइलो गर्ने तयारी गरिएको छ । यस्तै, यो टुर ३० गते इटहरी, ३१ गते हैटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा आयोजना हुनेछ ।

चलचित्र रिलिज भएपछि पनि विभिन्न स्टेशनमा पुग्ने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । यो टुरमा चलचित्रकी निर्देशक निरौलाको साथमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल सहभागी हुनेछन् । हरेक स्थानमा दर्शक र मिडियासँग साक्षात्कार गरनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?