बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । दशैंको सप्तमीबाट सोलो रिलिज हुन लागेको यो चलचित्रलाइ लिएर दर्शकमा उत्साह र कौतुहलता दुबै छ ।
चलचित्रको निर्माणपक्षल राजधानी केन्दि्रत प्रचारलाइ अब मोफसलमा पनि अगाडि बढाउन लागेको छ । दशैंको समयमा काठमाण्डौमा बस्ने जनताहरु घर र्फकने भएकाले पनि काठमाण्डौ बाहिर चलचित्रले आक्रामक व्यापार गर्ने पक्का छ ।
सोही कुरालाइ मध्यनजर राख्दै ‘एक्सप्रे कमेडी टुर’ आजबाट सुरु भएको छ । चलचित्रको जम्बो टोली आजबाट देशका मुख्य-मुख्य शहरमा पुग्नेछन् । आज ३ बजे दमकबाट यो टुरको सुरुवात हुँदैछ । दमकमा ३ बजे दर्शकसँग रमाइलो गर्ने तयारी गरिएको छ । यस्तै, यो टुर ३० गते इटहरी, ३१ गते हैटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा आयोजना हुनेछ ।
चलचित्र रिलिज भएपछि पनि विभिन्न स्टेशनमा पुग्ने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । यो टुरमा चलचित्रकी निर्देशक निरौलाको साथमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल सहभागी हुनेछन् । हरेक स्थानमा दर्शक र मिडियासँग साक्षात्कार गरनेछ ।