Comments Add Comment

१ अर्ब २० करोडको सिद्धार्थ म्युचुअल फण्ड आउदै


२९ भदौ, काठमाडौं । सिद्धार्थ बैंकको प्रवद्र्धन र सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सामूहिक लगानी कोषको तेस्रो योजना पनि सञ्चालनमा आउने भएको छ ।

१ अर्ब २० करोडको कोष रहने यो योजनाको बिक्री असोज २५ गतेदेखि चाँडोमा असोज २९ गतेसम्म र ढिलोमा कात्तिक ८ गतेसम्म रहने छ । प्रतिइकाइ १० रुपैयाँ रहेको यो योजनामा प्रतिव्यक्ति २४ लाख इकाइसम्म लगानी गर्न सकिनेछ । योजनाको न्युनत्तम १ सय इकाइ सम्म खपरिद गर्न सकिने छ ।

बन्द मुखी योजनाको अवधि १० वर्षको रहेको छ । योजना बिक्री भएपछि नेप्सेमा पनि सूचीकरण हुने भएकोले १० वर्ष अगावै पनि बजारमा इकाइ कारोबार गर्न सकिनेछ ।

योजनामार्फत उठेको रकममध्ये बैंक खातामा १० प्रतिशत र बाँकी सेयरमा लगानी गर्ने रहेको छ । सेयरमा गरिने लगानीमा भने उदेश्य अनुसार हिस्सा बर्गिकरण गरिएको छ । नियमित कारोबार, लाभांश प्रयोगन, सार्वजनिक निष्कासन लगायतको बर्गिकरण गरिएको हो ।

यो योजनामा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वा आस्वा प्रणालीमा रहेका संस्थाहरुबाट पनि आवदेन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment