Comments Add Comment

पशुपतिसमशेर गणतन्त्रवादी कि राजावादी ? हेर्नुहोस् भिडियो !

बिराटनगर पुगेर राणाले दिए संविधानविरोधी अभिव्यक्ति

२९ भदौ, बिराटनगर । कमल थापासँग असन्तुष्ट भई राप्रपा प्रजातान्त्रिक नामको अलग्गै पार्टी खोलेका पशुपतिसमशेर राणा विहीबार बिराटनगरको एक होटलमा भेटिए । पत्रकार सम्मेलन भनेर निम्त्याइएका सञ्चारकर्मी सामु उनले एकाएक राजसंस्थालाई कुनै न कुनै स्थान दिइनुपर्ने जिकिर गरे ।

राणाले अकस्मात राजतन्त्रको वकालत गर्न खोजेपछि पत्रकारहरुसँग रमाइलो प्रश्नोत्तर भयो । राणाले ‘राजसंस्थालाई स्थान दिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएर राजतन्त्रको पक्षमा आफ्नो मत प्रकट गरे ।

साथै राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका राणाले संविधानले प्रत्याभूत गरेको धर्मनिरपेक्षताको पनि विरोध गरे । र, देशमा हिन्दुराष्ट्र स्थापना हुनुपर्ने वकालत गरे ।

कमल थापासँग छुट्टएिर बनेको राप्रपा प्रजातान्त्रिक अहिले सरकारमा समेत सामेल छ । यो पार्टीले गणतन्त्रलाई स्वीकार गर्दै आएको छ ।

तर, सोही पार्टीका अध्यक्ष रहेका राणाले राजसंस्थालाई स्थान दिनुपर्ने भन्दै आफूभित्र रहेको राजतन्त्रप्रतिको प्रेम यसरी प्रकट गरे-

राणा- हामी हाम्रो संस्कार, संस्कृति र इतिहासमा गौरब लिने पार्टी हौं । यो मुलुक बनेको भनेको…..पहिले यो मुलुक स्थापना हुँदा पृथ्वीनारयण शाह… । शाह बंशले यो मुलुकलाई एक गरेको हो । त्यसैले हामीले त्यो परम्परागत संस्थालाई पनि केही स्थान दिनुपर्छ भनेर सोच्छौं ।

पत्रकार- अहिले पनि राजसंस्थाको महत्व उत्तिकै छ भन्न खोज्नुभएको हो ?

राणा- मैले जति भनें, त्यतिमात्रै भनेको हुँ । त्यसमा तपाईले थपेको मलाई माने लाग्दैन ।

पत्रकार- तपाईको आफ्नो कुरा पनि त होला नि ? अहिले फेरि राजा आउनुपर्छ भन्न खोज्नुभएको हो ?

राणा- मैले भनें नि, परम्परागत संस्थाहरुलाई पनि केही स्थान दिनुपर्छ भन्नेसम्म सोच हो । त्यो भन्दा बढ्ता पनि होइन, त्यो भन्दा कम पनि होइन ।

पत्रकार- तर, अहिले त त्यस्तो शक्तिलाई कुनै स्थान दिएको छैन नि त ? यसो गर्दा त गाह्रो होला नि त ? तपाईको सोचअनुसार त अगाडि बढेको देखिएन नि त ?

राणा- सुन्नोस् न, अब परम्परागत सोच बोकेनौं, इतिहास पनि बोकेनौं, केही पनि बोकेनौं भनेपछि त हामी कहाँ जाने ? हामीचाँहि फुट्ट उफ्रिएका त होइनौं नि । हामी एउटा सन्दर्भमा उमि्रएको हो । एउटा सन्दर्भमा जन्मिया हौं । त्यो सन्दर्भ सम्झेर अगाडि जानुपर्छ ।

पत्रकार- राजसंस्था नभए पनि मुलुकमा हिन्दुराष्ट्रचाहिँ हुनुपर्छ भन्न खोज्नुभएको हो ?

राणा- हैन, मैले तपाईलाई के भनेको हो भने हाम्रो विगत छ, हाम्रो संस्कृति छ, हाम्रो परम्परा छ । त्यो सप्पैलाई समेटेर हामी अगाडि बढ्नुपर्छ ।

पत्रकार- बुझ्ने गरी भन्दिनु न । बुझ्ने गरी… हामीले बुझेनौं क्या….

राणा- बुझ्नुभएन ? मैले नेपाली बुझिराखेको छु, तपाईहरुले बुझ्नुभएन ?
पत्रकार- बुझ्ने गरी भन्दिनु न ….

राणा- यो मुलुकमा ८१ प्रतिशत हिन्दुहरु छन् । ९४ प्रतिशत हाम्रो पराम्परागत धार्मिक शक्तिबाट आएका मान्छे छन् । त्यसले स्थान पाउनुपर्छ भन्ने कुरो हो हाम्रो ।

पत्रकार- भनेको, सिधै हिन्दुराष्ट्र हुनुपर्छ भन्न खोज्नुभएको हो ?

राणा- ठिकै छ, त्यो हामीले के भन्या भने धर्म निरपेक्ष गर्दाखेरि हामीले पूरा सोचविचार गरेर गर्न नसकेको हो ।

पत्रकार- भनेपछि अब हिन्दुराष्ट्र खोज्नुभयो भन्दा हुन्छ हैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment