+

ए डिभिजन लिगमा १६ टिम सहभागी हुने

२०७४ भदौ  २९ गते १८:०१ २०७४ भदौ २९ गते १८:०१
ए डिभिजन लिगमा १६ टिम सहभागी हुने

२९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघले आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने सहिद स्मारक ए डिभिजन लिगमा १६ टिमको सहभागिता हुने भएको छ ।

उपत्यकाका १२ ए डिभिजन क्लवसहित मोफसलका चार क्लवले ए डिभिजन लिग खेल्ने एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको छ ।

ए डिभिजन लिगमा उपत्यकाका थ्रीस्टार, फ्रेण्डस्, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, मनाङ मर्स्याङ्दी, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, बि्रगेड ब्वाइज र जावलाखेल युथ क्लवले सहभागिता जनाउनेछन् ।

त्यस्तै मोफसलबाट झापा ११, मोरङ, रुपन्देही र सुदूरपश्चिमको टोलीलाई समावेश गराइएको छ ।

लिग होम एण्ड अवेका आधारमा सञ्चालन गरिनेछ ।

थ्रीस्टारलाई डेढ करोड दिइने

एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थ्रीस्टार क्लवलाई १ करोड ५० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । तर आगामी असोज २३ गते हुने बिशेष साधारणसभाबाट त्यसलाई पारित गराउने निर्णय गएको छ ।

एएफसी एसियन कप छनौटको दोस्रो चरणमा पुगेको थ्रीस्टारले एन्फाकै लापरबाहीका कारण दोस्रो चरणमा सहभागी हुन पाएको थिएन । त्यसैको क्षतिपूर्तिस्वरुप थ्रीस्टारले डेढ करोड पाउन लागेको हो ।

यसैबीच एन्फा बैठकले काठमाडौंमा हालै सम्पन्न साफ यू-१५ च्याम्पियनसिपको उपबिजेता नेपाली टोलीका प्रत्येक सदस्यलाई प्रोत्साहनस्वरुप जनही २५ हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

ए डिभिजन लिग फुटबल एन्फा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय