+
+

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा

रासस रासस
२०७४ भदौ ३० गते ८:२७

३० भदौ, चितवन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् ।

उनले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताए । उपप्रधानमन्त्री महराले भने, ‘निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।’ आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताए ।

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उनले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेर्न नहुने बताए ।

उनले भने, ‘आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।’ पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन आज बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आएका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?