३० भदौ, काठमाडौं । उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ । दक्षिण कोरिया र जापान सरकारले यसको पुष्टि गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिव ७७० किलोमिटरको उचाईसम्म पुग्यो र यसले करिव ३७०० किलोमिटरको यात्रा पुरा गर्यो ।
जापानको एनएचके टीभीलाई उदृत गर्दै रोयटर्सले भनेको छ कि यो मिसाइल स्थानीय समय अनुसार ६ः५७ बजे छाडिएको थियो र ७.०६ बजे जापानको होकाइडो द्वीपमाथिबाट गयो ।
उत्तर कोरियाले एक दिन अघिमात्र आफूमाथि नयाँ प्रतिवन्ध लगाउने प्रस्तावको समर्थन गरेको भन्दै जापानलाई डुबाउने र अमेरिकालाई अंध्यारोमा धकेल्ने चेतावनी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4