Comments Add Comment

लोक दोहोरी गीतमा प्रियंकाको छमछमी


नायिका प्रियंका कार्कीले एक लोकदोहोरी गीतको भिडियोमा पहिलो पटक मोडलिङ गरेकी छिन् । नविन भट्टराइ र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा प्रियंकाले कम्मर मर्काएकी हुन् । उनलाइ मोडलिङमा कलाकार जीवन भट्टराइले साथ दिएका छन् ।

एक दशक भन्दा लामो समयदेखि लोकदोहोरी गीत लेखनमा सक्रिय रहेका शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाइ राजिब समिरले कोरियोग्राफी गरेका हुन् । यो गीतले आफ्नो पूर्खाको याद गराएको छ । आफ्ना बाबु-बाजे नुन लिन बटौली बजार जाने गरेको तर आफू भने मायालाइ लिन जाने सोच बनाएको भावलाइ गीतमा शिवले उतारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment