+
+

काठमाडौं जिल्ला अदालतका कर्मचारीमाथि आरोप पत्र दायर

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १ गते १८:३२

१ असोज, काठमाडौं । म्याद तामेल गरेवापत विभिन्न बहानामा सेवाग्राहीबाट घुस लिने गरेका काठमाडौं जिल्ला अदालतका तामेलदार सूर्य परियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

घुस मागिरहेको भन्ने सूचनाका आधारमा ३५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेका परियारलाई अख्तियारले आइतबार कसुरु पुष्टि भएको भन्दै ३५ हजार विगोसहित आरोप पत्र दायर गरेको हो ।

परियारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?