Comments Add Comment

धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती

४ असोज, रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।

बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् ।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए ।

बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ ।

आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस-सुन्तलीले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिए ।

भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले धुर्मुस-सुन्तली फाउण्डेशन सञ्चालन गरेका छन् ।

फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment