Comments Add Comment

फोनिजले भन्यो-पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई होइनन्

आमसन्चार प्रतिष्ठानबारे धारणा सार्वजनिक गर्न पत्रकार महासंघलाई दबाब

४ असोज,काठमाडौं । आदिवासी पत्रकार महासंघ फोनिजले सरकारले गठन गर्न लागेको आम सञ्चार प्रतिष्ठानमा पूर्व प्रधानमन्त्री स्वर्गी कृष्णप्रसाद भट्टराईको नाम नराख्न माग गरेको छ ।

महासंघको संस्थापक अध्यक्ष भट्टराई नभई सत्यनारायण वहादुर श्रेष्ठ रहेको भन्दै फोनिजले प्रतिष्ठानमा व्यक्तिको नाम जोडिए अस्वीकार गर्ने चेतावनी दिएको छ ।

फोनिज प्रतिनिधि मण्डलले बुधवार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ज्ञापनपत्र बुझाउँदै आमसन्चार प्रशिक्षण प्रतिष्ठानको अगाडि व्यक्तिको नाम जोडिएकोबारे महासंघको धारणा मागेको हो ।

सञ्चारमन्त्री मोहन बस्नेतले भट्टराईको नाममा प्रतिष्ठान गठन गर्न महासंघले सहमति जनाएको अभिव्यक्ति दिएपछि फोनिजले महासंघको धारणा मागेको हो ।

फोनिज अध्यक्ष डण्ड गुरुङले महासंघ अध्यक्ष गोविन्द आचार्यसँग यसबारे महासंघको धारणा मागेका हुन् । उनले पत्रकारहरु संगठित हुुनेक्रममा पहिलो पटक २००८ सालमा पत्रकार संघ गठन भएको र त्यहि संघनै पछि महासंघका रुपमा स्थापित भएको बताए ।

फोनिजले भनेको छ-हालैका दिनहरुमा महासंघको सँस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई भएको जिकिरसहित सरकारले गठन गर्न लागेको आम सञ्चार प्रतिष्ठानको नाम उहाँको नाममा राख्न लागेको समाचारहरु सार्वजानिक भएको छ,यसमा हाम्रो गम्भीर असहमति छ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तत्थ्य स्पष्ट हुदाहुँदै यसलाई बंग्याएर कृष्णप्रसाद भट्टराईलाई सँस्थापक मान्ने गरी भएको प्रचारप्रति महासंघले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने फोनिज अध्यक्ष गुरुङले बताए ।

फोनिजको विज्ञप्तिमा भनिएको छ- महासंघले आफ्नो संस्थापकको इतिहास बचाउन पहल गरोस् र यदि कुुनै दस्तावेजहरुमा गलत तथ्य उल्लिखित छ भने त्यो पनि सच्याइयोस् ।

फोनिजले महासंघको बिधान अनुसार तत्काल प्रादेशिक अधिवेश आह्वान गरि महासंघलाई संघीय ढाँचामा लैजान माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment