Comments Add Comment

बाराको मतगणनाः उत्तरी क्षेत्रमा एमालेको अग्रता, दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा

४ असोज, सिमरा । दुई उपमहानगरपालिका सहित १६ स्थानीय तहमा मतगणना जारी रहँदा बारामा पाँच पक्षीय प्रतिस्पर्धा देखिएको छ । उत्तरी क्षेत्रका स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा राजपा र संघीय फोरमबीच प्रतिस्पर्धा भइरहेको छ ।

जिल्लाको अर्थिक समृद्धिका हिसाबले सबैभन्दा बलियो उपमहानगरका रुपमा हेरिएको जितपुरसिमरामा प्रमुख दल नै प्रतिस्पर्धामा छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको चरणमा रहेको यस नगरमा नगर प्रमुखको जिम्मेवारी कस्ले पाउने भन्ने बिषय बहुप्रतीक्षित छ ।

जिल्लाका जुम्ल्याहा उपमहानगर मध्ये जितपुरसिमरा उपमहानगरमा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । तेस्रो स्थानमा कांग्रेस छ ।

यसैगरी कलैया उपमहानगरपालिकामा संघीय समाजबादी फोरमले अग्रता लिइरहेको छ । कलैयामा २ सय मतअन्तरले नेकपा एमाले पछिपछि छ । त्यसैगरी कांग्रेस तेश्रो स्थानमा छ ।

उता कोहल्बी नगरपालिकामा पनि एमालेले नै अग्रता लिइरहेको छ भने कांग्रेस सामान्य मत अन्तरले दोश्रो स्थानमा रहँदा अन्य दल झिनो आसामा पछ्याइरहेका छन् ।

कांग्रेस र माओबादी केन्द्रको गठबन्धन गरेको निजगढ नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

त्यसैगरी जिल्लाको पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका र महागढीमाई नगरपालिकामा एमाले र कांग्रेसले नै अग्रता लिइरहेका छन् । मधेसी दलको बढी प्रभाव मानिएका तहमासमेत एमाले/कांग्रेस नै अग्रस्थानमा रहँदा संघीय समाजबादी र राजपाले पछ्याइरहेका छन् ।

राजपा र संघीय समाजबादी फोरम जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय तहहरुमा अग्रस्थानमा छन् । पचरौता नगरपालिका, बिश्रामपुर गाउँपालिका, परसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र करैयामाई गाउँपालिकामा राजपा र संघीय फोरम लोकतान्त्रिक अग्रस्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment