Comments Add Comment

रामेछापमा बस दुर्घटना, ३ को मृत्यु, २० भन्दा बढी घाइते

६ असोज, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कको बितिटारमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

रामेछाप नगरपालिकाको रामेछापबाटबाट मन्थली हुँदै काठमाडौँको लागि छुटेको बा २ ख ६३७२ नं को यात्रुवाहक बस बिहान ९ः३० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल, रामेछापले जानकारी दिएको छ ।

मृत्यु हुनेहरूमा रामेछाप नगरपालिका ८ भंगेरीका दीपक श्रेष्ठ,लिखु गाउँपालिका-७ तिल्पुङकी २५ वर्षीया उमा खड्का र रामेछाप नगरपालिकाकी बालकुमारी बस्नेत रहेका छन् ।

दुर्घटनाका घाइतेलाई दुर्घटनास्थलबाट निकालेर मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल र अन्य अस्पतालहरुमा लगिएको छ । तामाकोसी अस्पतालमा पुर्याइएका २० जना बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइतेहरुलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

बस वितिटाको सानाबारी भन्ने स्थानमा मोड काट्ने क्रममा सडकबाट तल खसेको  र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment