Comments Add Comment

बारामा राजपाको दोस्रो जित, परवानीपुरको अध्यक्ष र उपाध्यक्षमा विजयी


६ असोज, बारा । जिल्लाको परवानीपुर गाउँपालिकामा राजपा विजयी भएको छ ।

राजपाका अध्यक्ष उम्मेदवार हरिनारायण शाह कलवार २६७७ मतले बिजयी भएका हुन् भने उपाध्यक्षमा पनि राजपाकै साबित्रीदेवी पटेल २०७१ मतले बिजयी भएकी हुन् ।

राजपाका निकट्तम प्रतिद्धन्द्धी एमालेका अध्यक्ष उम्मेदवार रामक्षेत्री प्रसाद पटेलले १८०० मतमा चित्त बुझाएका छन् भने उपाध्यक्ष उम्मेदवार सुगन्धी देबीले २०१७ मतले पछाडि परेकी छन् ।

एमालेको गढका मानिएको परवानीपुरमा राजपाको अनपेक्षित जितले एमालेलाई धक्का पुगेको छ ।

यसअघि राजपाले देवताल गाउँपालिकामा खाता खोलिसकेको छ । अध्यक्ष चन्दन सिंह र उपाध्यक्षमा राजपाकी रामपती देबी महतो विजयी भएका थिए । परवानीपुर राजपाको बारामा दोस्रो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment