Comments Add Comment

आर्मीलाई हराउँदै मोरङ दूधे गोल्ड कपको सेमिफाइनमा

६ असोज, झापा । झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपमा मोरङ-११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दूधे खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयसम्म खेल गोलरहित बराबरमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा आर्मीका दिपक गुरुङ र योद्धा शाहीको प्रहार मोरङका गोल रक्षक सुरज अधिकारीले बिफल बनाएका थिए । आर्मीका कैलाश बस्नेत र पदम तामाङको प्रहार मात्र गोलमा परिणत भएको थियो ।

मोरङकका लागि दिपक राई, सुनिल खड्का, मिक्चेन तामाङ र विक्रम लिम्बुले गोललाई पोष्टको दिशा दिएका थिए । योसँगै मोरङले आइतबार हुने पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब, काठमाडौंसँग प्रतिष्पर्धा गर्नेछ ।

आर्मीका मुख्य रोजाईका खेलाडीहरु नवयुग श्रेष्ठ, भरत खवास, विकेश कुथु लगायत ताजकिस्तानसँग हुने खेलको तयारीका लागि बन्द प्रशिक्षणमा रहनुले मोरङका लागि जित निकाल्न थप सहज बन्यो ।

पहिलो हाफसम्म दुवै टोली आक्रमक बनेनन् । दोस्रो हाफको ७ औं मिनेटमा आर्मीका राजिव गुरुङको प्रहार मोरङका गोल रक्षक अधिकारीले उत्कृष्ट बचाए ।

खेलको २३ औ मिनेटमा दिपक राईको शक्तिशाली फ्री-किक आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले पञ्च गरेर बाहिर पठाएका थिए । ३६औं मिनेटमा मोरङका कप्तान दिपक राईको प्रहार बारमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ द म्याच मोरङका गोल रक्षक अधिकारी घोषित भए । उनले नगद ५ हजार पाए । शनिबार हुने पहिलो चरणको अन्तिम खेल रुपन्देही-११ र सशस्त्र प्रहरीको एपीएफ, काठमाडौंबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment